site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘हिंसा’ शब्दले जनताको त्याग र बलिदानलाई अपमानित गर्‍यो : सांसद बस्नेत 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले १० वर्षे जनयुद्धलाई ‘हिंसा’ शब्दको रूपमा परिभाषित गरेकोप्रति आपत्ति जनाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद शक्तिबहादुर  बस्नेतले सत्तारूढ सांसदहरूले प्रयोग गरेको हिंसा शब्दले जनताको त्याग र बलिदानलाई अपमानित गरेको बताए ।

उनले भने, “सत्तारूढ सांसदहरूले प्रयोग गरेको हिंसा शब्द अपमानजनक मात्रै होइन, यसले जनताको त्याग र बलिदानलाई अपमानित गरेको छ ।”

सांसदले सभामुखको रूलिङलाई समेत नमानेको भन्दै संसद्मा निष्पक्ष भूमिका देखाउन सभामुख देवराज घिमिरेलाई आगह समेत गरे । माओवादी केन्द्रले आफ्ना मागलाई यथावत् गर्दै संसद् चल्न दिने भएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro