site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री ओली
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌मा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री भएपछि उनले  विश्वासको मत माग्ने र प्रश्नोत्तरमा सहभागी हुनेबाहेक पहिलोपटक समय लिएर सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली आउँदो असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि त्यसबारे संसद्लाई जानकारी गराउँदै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यद्यपि, संसद् सचिवालयले भने आजको संसद् बैठकको कार्यसूचीमा प्रधानमन्त्री ओलीको संबोधनबारे केही उल्लेख गरेको छैन ।

यसैबीच, अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूचीलगायत विषयमा छलफल गर्न आज मध्याह्न १२ः१५ मा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro