site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली दलप्रति चीनको नीति स्पष्ट छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

चीनले एकातिर नेपालका सबै दलले आफूसँग समान सम्बन्ध राख्नुपर्छ भन्नेमा जोड दिने र अर्कोतिर वामपन्थी मिल्नुपर्छ भन्ने गरेको उनले उल्लेख गरे । उनले आफू कांग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको उक्त नीति बुझ्न नसकेको बताए ।

“म नेपाली कांग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरू चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ,” उनले भने, “त्यही चीनको सरकारको मान्छे फेरि एकछिनपछि दुईवटा वामपन्थी पार्टी मिल्नुपर्छ भन्छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro