site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
फिल्मी करियर छोड्दै विजय थलापती

काठमाडौं । तमिल सुपरस्टार विजय थलापतीले राजनीतिक यात्रालाई अगाडि बढाउने तयारी गरेका छन् । आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउन उनी फिल्मी करियर छोड्ने तरखरमा छन् ।

शनिबार साँझ केभीएन प्रोडक्सनले अभिनेता विजयको अन्तिम फिल्म ‘विजय–६९’ सँग सम्बन्धित विवरण सार्वजनिक गरेको थियो । यो सिनेमामा उनी लोकतन्त्रका निम्ति लडेको देख्न सकिने जनाइएको छ ।

निर्माण टिमले सामाजिक सञ्जालमा चलचित्रको पोस्टर मात्र सेयर गरेको छ । पोस्टरमा विजयको अनुहार देखाइएको छैन ।

“३० वर्षसम्म हामीलाई मनोरञ्जन दिनुभएकोमा धन्यवाद,” निर्माताले लेखेका छन्, “हामी यो हाम्रो पहिलो तमिल फिल्म हो भनेर घोषणा गर्न पाउँदा खुसी छौँ । यो चाडपर्व हो । थलापतीको लागि माया ।”

फिल्म २०२५ मा रिलिज हुने
उक्त फिल्म सन् २०२५ अक्टोबरमा रिलिज हुनेछ । यसको प्रदर्शनपछि विजयले सिनेमाबाट ‘ब्रेक’ लिएर राजनीतिमा पूर्ण ध्यान दिने बताइएको छ ।

फेब्रुअरी २ मा पार्टी घोषणा
विजयले यही वर्ष फेब्रुअरी २ मा आफ्नो राजनीतिक पार्टी ‘तमिलगा वेत्री काजम’को घोषणा गरेका थिए । यसको अर्थ तमिलनाडु विजय पार्टी हो । उनले २०२६ को विधानसभा चुनाव लड्ने विश्वास गरिएको छ ।

पार्टी लन्च कार्यक्रममा विजयले अभिनय गरिरहने बताएका थिए । त्यति बेला उनले अरू पार्टीलाई समर्थन नगर्ने समेत बताएका थिए । उनले १९९२ देखि आफ्नो अभिनय करियर थालेका थिए । एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro