site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखको पहलको अभावमा संसद् बैठक बस्न सकेन : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुखको पहलको अभावका कारण संसद् बैठक बस्न नसकेको बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले सभामुखले आइतबारका लागि निर्धारित समयमा बैठक नै नबोलाएको समेत बताए ।

माओवादी सशस्त्र द्वन्द्वको अपमान हुने गरी राखेको अभिव्यक्ति फिर्ता लिनुपर्ने आफूहरूको स्पष्ट माग रहेको उनको भनाइ छ ।

दाहालले कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएपछि मुलुकको परिवर्तनकारी शक्तिहरूलाई कमजोर पार्ने षडयन्त्र भइरहेको पनि बताए ।

अर्को प्रसंगमा उनले सहकारी प्रकरणको प्रारम्भिक छानबिनका क्रममा एमाले नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङको संलग्नता देखिएको दाबी गरे ।

नेकपा (माओवादी केन्द्र)ले 'हिंसा' शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि संसद् बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro