site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले ‘फायर’ खोलेपछि उपसभामुखको विषय गिजोलियो : महेश बर्तौला 

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाएका छन् । सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि उनले उपसभामुख इन्दिरा रानाले कमजोरी गरेको रास्वपाले पनि स्वीकार गरिसकेको बताए । 

सत्ता गठबन्धनको बैठकमा आफूहरूले अमेरिका जानका लागि अन्तर्वार्ताको मिति सार्ने उपसभामुखको पत्रबारे छलफल गरे पनि उचाल्ने पक्षमा आफूहरू नरहेको बताए । संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नै प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित अभिव्यक्ति दिएपछि आफूहरूले राजीनामा माग्न बाध्य भएको सुनाए । 

“एकाएक रास्वपाका प्रमुख सचेतकले ‘फायर’ खोल्ने काम गर्नुभयो । एउटा जिम्मेवारी राजनीतिक दलले उपसभामुखजस्तो पदको हुर्मत लिनेगरी प्रसंग निकाल्नुभयो । सत्तापक्षतर्फ हिलो छ्याप्ने काम गर्नुभयो,” उनले भने ।

उनले उपसभामुखको कमजोरी भएकोले उनलाई बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेको बताए । तर, सत्तापक्ष निचोडमा नपुगिसकेको उनको भनाइ छ । प्रधानमन्त्री राष्ट्रसंघ जाने तयारी र सदनको अधिवेशन अन्त्य गर्नेबारे छलफल भइरहेको बेला बेमौसमी कुरा निकालेर प्रतिपक्षीले गिजोलेको आरोप उनको छ । 

सभामुखसहितको बैठकमा बर्तौलाले परियारले नै कुरा राखेपछि आफूहरूले उपसभामुखको राजीनामा मागेको बताएका थिए । परियारले आफूले धन्यवाद दिएको बताए । “हाम्रो त्यस्तो तयारी थिएन । तपाईंहरूले त्यस्तो कुरा चाँडै नै उठाउनुभयो भन्नुभयो । त्यस्तो केही थिएन भने धन्यवाद, फेरि पनि नहोस् भने,” परियारले सञ्चारकर्मीसँग भने ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro