site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजतन्त्रका पक्षमा मान्छे उफ्रिएको अहिलेजस्तो कहिल्यै देखेको थिइनँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानका विरुद्ध ठूलो शक्ति लागेको बताएका छन् । शनिबार काठमाडौंमा नेकपा (एमाले)ले आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण विषयक कार्यशाला उद्घाटन गर्दै उनले परिवर्तनविरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेको बताएका हुन् ।

सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रका पक्षमा मान्छे उफ्रिएको अहिलेजस्तो कहिल्यै नदेखेको उनले उल्लेख गरे । उनले नेपालमा शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र गरिएको समेत बताए ।

गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेको भन्दै उनले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरे ।

एमाले अध्यक्ष समेत रहेका ओलीले परिवर्तनको सारथि आफ्नो पार्टीलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादी लागेको टिप्पणी गरे ।

आउँदो निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापक रूपमा लाग्न उनले आग्रह गरे । उनले नेकपा (माओवादी केन्द्र)को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चारपाँच लाखसम्ममा झर्ने अनुमान गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro