site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपसभामुख हटाउने योजनामा कांग्रेस–एमाले पछि हट्ने प्रचण्डको विश्वास
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ पछि हट्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले उपसभामुख इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त व्यक्ति भएको र यसअघि  टेक्निकल्ली केही कुरा नजानेर त्रुटि भएको भन्दै उपसभामुखबाट हटाउन नहुने बताए । 

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि आठजनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए । 

बरीयता मिच्न लाग्नु भएको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले बरीयतालाई तोड्नुपर्छ भनेर कसैले नभनेको बताए । प्रचण्डले संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए । 

अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने स्पष्ट पारे । 

उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरू लागिरहेको उल्लेख गरे । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro