site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली र देउवालाई प्रचण्डको प्रस्ताव– भोलि नै रिक्त सबै पदमा नियुक्ति सिफारिस गरौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार (भोलि) बस्ने संवैधानिक परिषद्को बैठकबाटै रिक्त रहेका सबै पदमा नियुक्ति सिफारिस गर्न प्रस्ताव गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गर्नुपर्ने बताएका हुन् । नभए अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बालुवाटार छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्ड सहभागी थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro