site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चारवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
फाइल तस्बिर । 

काठमाडौं । संघीय संसदअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । 

दिउँसो १ बजे बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि आज बस्नेछ । 
     
बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro