site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

विराटनगर ।‌ कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडिएको छ । उनले उठाएका माग पूरा गर्न‌ कोसी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाइ कार्कीले अनशन तोडेका हुन् ।  

सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए । मन्त्री अधिकारीले  भने, "कार्कीले उठाएका माग पूरा गर्न सरकार सकारात्मक छ ।" पूर्वमुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए ।

जनप्रिय कार्यक्रमहरू कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोसी प्रदेशसभानजिकै देवकोटा चोकमा आमरण अनशन सुरु गरेका थिए ।‌

प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच आज साँझ विराटनगरमा वार्ता भई माग पूरा गर्ने विषयमा सहमति जुटेको थियो । वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले कार्कीले उठाएका माग सम्बोधन गर्न कोसी प्रदेश सरकार सहमत भएको जानकारी दिए । वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेको र उठेका माग सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

पूर्वमुख्यमन्त्री कार्कीले कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै आमरण अनशन सुरु गर्नुपरेको बताएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro