site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वमुख्यमन्त्री कार्कीले उठाएका माग पूरा गर्न‌ कोसी सरकार तयार, अनशन तोड्ने

विराटनगर ।‌ कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले उठाएका माग पूरा गर्न‌ सरकार तयार भएको छ ।

जनप्रिय कार्यक्रमहरू कटौती भएको भन्दै कार्कीले मंगलबारबाट आमरण अनशन सुरु गरेका थिए ।‌ प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच आज साँझ विराटनगरमा वार्ता भई सहमति जुटेको हो ।

वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले कार्कीले उठाएका माग सम्बोधन गर्न कोसी प्रदेश सरकार सहमत भएको बताए ।‌ वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए ।

कार्कीले आज बेलुकी नै आमरण अनशन तोड्ने बताइएको छ । प्रदेशका मन्त्री अनशनस्थल आएर अनशन तोडाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

पूर्वमुख्यमन्त्री कार्कीले कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै आमरण अनशन सुरु गर्नुपरेको बताएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro