site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखले ‘हिंसा शब्द रेकर्डबाट हटाउनु पर्दैन’ भनेपछि... 

काठमाडौं । सभमामुख देवराज घिमिरेले हिंसा शब्द रेकर्डबाट हटाउनु पर्दैन भन्ने निर्णय सुनाएपछि सदनमा फेरि लफडा भएको छ । यसअघि नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीको सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादीले आपत्ति जनाएको थियो । 

त्यसदिन माओवादीले बैठक अवरोध गर्न लागेपछि सभामुख घिमिरेले सचिवालयलाई छानबिनका लागि निर्देशन दिएपछि सदन चलेको थियो । तर, सभामुखले नै सचिवालयको राय लिएर बुधबार हिंसा शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएका हुन् । 

यसमा असहमति राख्दै माओवादीले उठेर संसद् अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro