site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कथा खोल्दै ‘सानो संसार’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ट्रेलरले सिनेमाको कथा खोलेको छ । 

मध्यमवर्गीय परिवारको संघर्ष, विदेश मोह, सन्तानलाई विदेश पठाउने अभिभावकले गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ । 

विदेशमा कामको अवसर । ऋण र व्याजको भूमरीमा फस्दै गएको परिवार ट्रेलरमा देख्न सकिन्छ । अन्ततः परिणाम पनि ट्रेलरले देखाइदिएको छ । 

असोज ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई अर्जुनकुमारले निर्माण गरेका छन् । 

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रलाई सिद्धार्थ पुडासैनीले लेखन तथा निर्देशन गरेका हुन् । 

चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ । उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro