site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभाअन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन भदौ ३१ मा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ ।

मंगलबार बसेको सभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचनका लागि भदौ ३१ गतेलाई तोकेका हुन् ।

अध्यक्ष दाहालले समितिका सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिए ।

उनले भने, "राष्ट्रियसभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचनका लागि मिति २०८१ भदौ ३१ गते सोमवारको दिन तोकेको छु । समितिका सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिन्छु ।"

राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते आईतबार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro