site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोरिने प्रयास गरियो : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले उपसभामुखमाथि महाभियोग लगाउने सरकारको तयारी लोकतन्त्रको घाँटी निमोट्ने प्रयास भएको टिप्पणी गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सत्ताले संख्याको दम्भ देखाएको आरोप पनि लगाइन् ।

“सत्तापक्षले तयारी गरिरहेको छ भन्ने कुरा आएको छ, संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोरिने प्रयास सरकारले गरिरहेको छ । हामीले खबरदारी गरिरहेका छौं,” उनले भनिन् ।

‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७औँ सत्रमा भाग लिन जान उपसभामुख रानाले पाँचजनाको अन्तर्वार्ताको मिति अघि सारिदिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयले सदन तातेको हो ।

सन् २०२३ फेब्रुअरी २६ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि सार्न आग्रह गर्दै पत्र लेखिकी थिइन् । सोही विषयमा सत्ता गठबन्धनले महाभियोगको तयारी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro