site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नदी किनारका संरचनाबारे सर्वोच्चको फैसलामाथि पुनरवलोकनामा जान कांग्रेसको माग
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं उपत्यकाका नदी किनारमा दायाँबायाँ  २०–२० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकनमा जानुपर्ने माग राखेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदहरूले अदालतको फैसला न्यायोचित नभएको टिप्पणी गरे । कांग्रेस सांसद अर्जुननरसिंह केसीले अदालतको फैसलाले लाखौँ जनताको उठिबास लाग्ने बताए ।

“अदालतको आदेश व्यवहारिक छैन । न्यायोचित, वस्तुपरक छैन,” उनले भने, “यसले गर्दा लाखौँ जनताको उठिबासमात्र होइन, बिचल्ली हुने र उनीहरूमाथि अन्याय हुने परिस्थिति छ ।”

सर्वोच्चको फैसलाले ०६५ मा सरकारले तोकेको मापदण्डअनुसार ससाना घडेरी किनेर बसेका जनतामाथि अपराध भएको उनको जिकिर छ । उनले तत्काल यसलाई रोक्न कानुनी उपचार खोज्न माग गरे । अधिग्रहण गर्दा मुआब्जा देऊ भन्ने विषय भने उचित भएको उनको भनाइ छ । तर, मुआब्जा पाउनेमा जनताको विश्वास नरहेको उनले बताए । 

“तत्कालै पुनरवलोकनका निम्ति जानु सरकारको दायित्व हो,” उनले भने ।

त्यस्तै, कांग्रेस सांसद रामहरि खतिवडाले पनि कानुनी उपचार खोज्न आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro