site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विश्वविद्यालय दलको पार्टी प्यालेसजस्ता भए : सांसद श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विश्वविद्यालय दलहरूका पार्टी प्यालेसजस्तो भएको टिप्पणी गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा ११ दिन बित्दा पनि नभएको भन्दै यस्तो टिप्पणी गरेकी हुन् ।

परीक्षा नहुँदा कृषि, वन र भेटेनरीमा स्नातक तहका ११ सय विद्यार्थी रोकिन पुगेको उनले उल्लेख गरिन् । दलका भातृसंगठनको अवरोधका कारण परीक्षा रोकिनु आपत्तिजनक रहेको उनले बताइन् ।

“विश्वविद्याय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थालेको छ,” उनले भनिन्,  “एउटा प्रधानमन्त्रीको, अर्को गृहमन्त्रीको पार्टी । पार्टीको लडाइँमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा उनले प्रधानमन्त्री एवं कुलपतिको कार्यक्षमतामाथि प्रश्न पनि गरिन् । “अन्तिम समयमा आएर कार्यव्यस्तता देखाउने, कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो ? कुलपतिको कार्यक्षमतामाथि पटक–पटक प्रश्न उठ्न थाल्यो,” उनले भनिन् ।

कुनै पनि बहानामा विद्यार्थीको जीवनमाथि खेलबाड नगर्न उनले खबरदारी गरिन् ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro