site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेताहरूले खासै काम गरेनन्, दर्शकले मलाई राजनीतिमा आओस् भन्ने चाहेका छन् : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् । काठमाडौं कलिङ साहित्य महोत्सवको तेस्रो संस्करणको एक सत्रका क्रममा उनले दर्शकहरूले आफूलाई राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्ने गरेको पनि बताए ।

"यो हाम्रो राष्ट्रको विडम्बना हो । जो राजनीतिमा लागिरहनुभएको छ, उहाँहरूबाट खासै काम भएको छैन । उहाँहरू निराश हुनुहुन्छ । हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ । सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ, तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन," उनले भने ।

Rajesh-Hamal-1725816224.jpg
उनले राजनीति मेरुदण्ड भएकाले यसले काम नगरे अरू अंगले काम नगर्ने बताए । "समाजले विभिन्न पेसामा लागेको व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने राजनीतिमा अपेक्षा राख्नुहुँदो रहेछ । राजनीति भनेको मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अरू अंगले काम गर्दैनन्," उनले भने ।

त्यस क्रममा उनले आफ्नो करियरका बारेमा पनि चर्चा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro