site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बलिदान’को शुभसाइत, सन्तोष भन्छन्– बलिदानको विगुल फुक्यौँ 

काठमाडौं । चलचित्र ‘बलिदान’को शुभसाइत गरिएको छ । प्रविधि पूजा गर्दै निर्माणपक्षले आज ‘बलिदान’को शुभसाइत गरेको हो ।  

“लामो समयदेखि बलिदान निर्माणका लागि हामीले गर्दै आएको अथक मिहिनेत, खोज तथा अनुसन्धान र सिर्जना तथा प्रि–प्रोडक्सनमा गरेको तपस्यापछि यतिखेर हामी प्रविधि पूजा गर्दै प्रोडक्सनको चरणमा होमिएका छौँ,” निर्देशक तथा निर्माता सन्तोष सेनले भनेका छन् । 

सिनेमामा भारतका प्रख्यात टेक्निसियन, क्यामेरा, डलीलगायत भारत र नेपालका दक्ष अपरेटर सम्पूर्ण निर्देशन, टेक्निकल र आर्ट डिपार्टमेन्टका क्रु सदस्यहरूसहित सुभसाइत गरिएको उनले बताएका छन् । 

“ग्रहगोचरका आधारमा आज (भदौ २१ गते) उपयुक्त दिन हुनाले हामीले क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै बलिदानको विगुल फुकेका छौँ,” उनले भनेका छन् । 

सन्तोषले प्राविधिकको खुलेर प्रशंसा गरेका छन् । “सिनेमा निर्माणमा पर्दामा हिरोहरू पैदा गर्ने रियल हिरो पर्दापछाडि बसेर स्मार्ट तरिकाले काम गर्ने यिनै टेक्निसियन र प्रविधि हुन् भन्ने कुरालाई हृदयङ्गम गर्दै हामीले सर्वप्रथम यिनकै पूजा गरेर प्रोडक्सनको चरणमा पाइला टेकेका छौँ,” उनले भनेका छन् । 

सन्तोष सेनको निर्देशन रहने चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् । यस्तै सौगात मल्ल, अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । 

यही वर्ष रिलिज हुने सिनेमाको पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । सिनेमाको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै हुनेछ ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro