site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
विश्वभर डाटा सेन्टरहरूले सन् २०३० देखि साढे दुई अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन गर्ने

काठमाडौं । विश्वभर बुम भइरहेको डाटा सेन्टरको विकासले यस दशकको अन्त्यतिर कार्बनडाइअक्साइडको उत्सर्जन २.५ अर्ब टन पुर्‍याउने अनुमान गरिएको छ ।

अमेरिकी बहुराष्ट्रिय लगानी बैंक मोर्गन स्टेनलीको अनुसन्धानले यसको न्यूनीकरणका तीब्र लगानी पनि हुँदै जाने देखाएको हो ।

गुगल, मेटा, माइक्रोसफ्ट र अमेजोनलगायत ठूला कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड कम्प्युटिङ प्रविधि विस्तार गर्न अत्यधिक उर्जा खपत गर्ने डाटा सेन्टरको विकास गरिरहेका छन् ।

यससँगै कम्पनीहरूले सन् २०३० सम्ममा आफ्नो डाटा सेन्टरबाट वैश्विक तापमान बढाउने उत्सर्जन घटाउने प्रतिबद्धता पनि गरेका छन् ।

कार्बनडाइअक्साइडको उत्सर्जन बढ्दा डिकार्बोनाइजेसन सोलुसनका लागि ठूलो बजार सिर्जना गर्ने सोमबार सार्वजनिक मोर्गन स्टेनलीको अनुसन्धान प्रतिवेदनले जनाएको छ ।

विश्वभर डाटा सेन्टर उद्योगले एक वर्षमा अमेरिकाले उत्सर्जन गर्ने हरितगृह ग्यासको ४० प्रतिशत बराबर हुने बताइएको छ ।

ठूलो कम्प्युटर वेयरहाउसको निर्माण हुँदा स्वच्छ तथा प्रभावकारी उर्जा र कार्बन क्याप्चर, युटिलाइजेशन, क्वेस्ट्रेसन एवं कार्बनडाइअक्साइड हटाउने प्रविधिमा लगानी बढ्दै जाने बैंकको अनुमान छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro