site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सञ्चारमन्त्रीको ‘जिब्रो थुत्ने’ अभिव्यक्तिमा माओवादीले उठायो प्रश्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीहरूसँग पौडेलले सरकारका प्रवक्ताले 'आईजीपीको जिब्रो थुत्नुपर्ने' अभिव्यक्ति दिनु गलत भए बताए । प्रधानमन्त्रीले सम्बन्धित पक्षलाई बोलाएर छानबिन गरेर जवाफ दिनुपर्ने उनको भनाइ छ ।

सांसदसमेत रहेका पौडेलले असभ्यतर्फ समाजलाई लैजाने क्रियाकलापले 'सुखी नेपाली, समृद्ध नेपाल'को नारा नारामै सीमित हुने बताए ।

"यस्ता प्रकारका उटपट्याङ कामहरू गरेर के गर्न खोज्दै हुनुहुन्छ ?," उनले प्रश्न गरे ।

अर्को प्रसंगमा पौडेलले गण्डकी प्रदेशमा 'मन्त्रीको पद नै बिक्रीमा राखिएको'बारे आएका विषयमा कांग्रेस र एमाले मुछिएकाले स्पष्ट पार्नुपर्ने बताए । पदको किनबेचजस्तो मजाक जनताकोबीचमा गर्न नपाइने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro