site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी छानबिन समितिको म्याद १५ दिन थपियो
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति । फाइल तस्बिर ।

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो । 

समितिका सभापति सूर्यबहादुर थापाले राखेको समितिको म्याद १५ दिन थप्ने प्रस्ताव बैठकले स्वीकृत गरेको हो । 

गएको जेठ १५ गते ७ सदस्यीय समिति गठन गरेको थियो । जेठ २३ गते पहिलो बैठक बसेको थियो । तीनमहिने म्याद आगामी भदौ २२ गते सकिन लागेकाले म्याद थप गरिएको हो । 

समिति सभापति थापाले जरैदेखि समस्याको पहिचान र समाधानको कोसिसका क्रममा छलफल र सोधपुछ गरिरहेको बताए । उनले तथ्यको पुष्टि र पुनर्पुष्टि गर्न म्याद नपुग्ने भएकाले म्याद थपको प्रस्ताव गरेको थिए ।

उनले समितिको ५१ वटा बैठक बसेको र ५० जना आरोपितसँग सोधपुछ गरेको सदनलाई जानकारी पनि गराए ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro