site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर निस्कनुको पीडामात्रै : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् । 

मंगलबारबाट पार्टी कार्यालय च्यासलमा सुरु एमाले पोलिटब्युरो बैठकमा ओलीले देश र जनतामा केन्द्रित भएर सरकार अघि बढेको बताएका हुन् ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति सत्ताबाहिर निस्कनुको पीडामात्रै भएको धारणा राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा बार्षिक कार्ययोजना प्रस्तुत गरेको गौतमले बताए । वार्षिक कार्ययोजनामा मूलत–पार्टीको सदस्यता नवीकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्यांकनलगायत समावेश गरेका छन् । 

त्यस्तै, सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालनका साथै जनता र राष्ट्रका पक्षमा वर्तमान सरकारले गरेका कामहरूलाई जनस्तरमा पुर्‍याइने समेत योजना रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro