site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी

काठमाडौं । सरकारले विभिन्न देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ आज पनि जारी छ । 

सोमबार इजरायलका लागि नेपाली राजदूतमा सिफारिस प्रा. धनप्रसाद पण्डितको सुनुवाइ भइरहेको छ । आज चारजनाको सुनुवाइ हुने जनाइएको छ । 

आइतबार (हिजो) भारतका निम्ति प्रस्तावित नेपाली राजदूत शंकरप्रसाद शर्मा, डेनमार्कका लागि प्रस्तावित नेपाली राजदूत सुम्निमा तुलाधरले संसदीय सुनुवाइ भएको थियो । 

त्यस्तै, चीनका निम्ति प्रस्तावित नेपाली राजदूत डा. कृष्णप्रसाद ओली र जर्मनीका लागि नेपाली राजदूतमा सिफारिस भएका डा. शैल रुपाखेतीको संसदीय सुनुवाइ भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro