site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चारवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद्अन्तर्गतका चारवटा समितिको बैठक बस्दै छ ।

अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

आजै राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ः३० बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro