site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टुँडिखेलको नाराबाजीबारे गृहमन्त्री भन्छन्– त्यो हाम्रो सभ्यताबाहिर थियो
फाइल तस्बिर ।

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेकै आरोपमा तीन युवालाई पक्राउ गरिएको घटनाको चौतर्फी विरोध भएको छ ।

यही भदौ १० गते टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेको आरोपमा कञ्चनपुरका दीपकसिंह ठगुन्ना, सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा पक्राउ परेका थिए ।

उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएर प्रहरीले थुनामा राखेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले पत्रकारसँग कुरा गर्दै विशुद्ध सांस्कृत पर्वमा अराजकता देखाउँदा पक्राउ गर्न परेको बताएका छन् ।

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको पत्रकारसँग भेटघाटका क्रममा बोल्दै खेलकले भने, "हामी जुन राजनीतिक पार्टीबाट आएका छौँ । यसको मुख्य उद्देश्य भनेकै बहुलबाद हो । नागरिकको स्वतन्त्रता हो । त्यो भनेको नागरिकले बोल्न पाउनुपर्छ, विचार राख्ने स्वतन्त्रा हुन्छ ।"

"तर, आलोचना कहाँ गर्ने ? हाम्रो सभ्यता के हो ? एउटा सांस्कृतिक कार्यक्रममा अरूले आयोजना गरेको कार्यक्रममा पुगेर नाराजुसुस गर्नु ठिक होइन," गृहमन्त्री लेखकले भने ।

सडकमा जति पनि नाराजुलस गर्न पाइने भए पनि विरोध गर्दा अरूको भावनामाथि विचार पुर्‍याउनुपर्ने उनको भनाइ छ । गौराका पुगेका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराजुलुस गरेका थिए ।

नाराजुसुल गरेकै आरोपमा युवा पक्राउ गरिएको भन्दै बिहीबार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले पक्राउ परेका तीनै जनालाई रिहा गर्न माग गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro