site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी 
कोसी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो ।

विराटनगर ‌। नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ‌। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिने बताए । 

यसबारे शुक्रबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गराउने बताइएको छ । 

कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई विस्थापन गरी गत वैशाख २७ गते हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले जेठ १ मा विश्वासको मत लिएका थिए ‌। 

एमालेका हिक्मत कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका थिए । केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको छ ।

प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै छ ‌। 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro