site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
योगेश भट्टराईले सशस्त्र द्वन्द्वलाई हिंसा भनेकोमा माओवादीको आपत्ति 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसदहरूले सशस्त्र द्वन्द्वलाई ‘हिंसा’ भनेकोमा आपत्ति जनाएका छन् । 

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादीको १० वर्षे हिंसा भनेका थिए । सोही कारण सदनमा एमाले र माओवादी सांसदबीच भनाभन पनि भएको थियो । 

आजको बैठकको शून्य समयमा माओवादीका सांसदहरूले सोही आपत्ति जनाएका हुन् । माओवादी सांसद छिरिङ ल्यामु लामाले भट्राईको अभिव्यक्ति संविधानविरोधी भएको आरोप लगाइन् । “अहिले शान्ति प्रक्रिया टुंगो लाग्ने चरणमा छ । यस्तो अवस्थामा माननीयको हिजोको कुरा गतल छन् । संविधानविरोधी गतिविधि रोक्ने बेलामा सचेत हुन अनुरोध गर्दछु,” उनले भनिन् । 

सांसद छिरिङ डम्डुल लामा(भोटे)ले जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवार भएको बताए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro