site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
तस्बिरमा नेपाल र बंगलादेशबीचको खेल 

काठमाडौं । घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गरे । नेपालका समिर तामाङले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा इस्लामले फ्रीकिक मार्फत गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेका थिए । उनले पेनाल्टी बक्सबाहिर आएको फ्रीकिकलाई सोझै गोलमा परिणत गरेका थिए । बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो । ५५औँ मिनेटमा इस्लामले नै गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा राहुलले गोल गरेपछि घरेलु टिमविरुद्ध बंगलादेशले ३–० को अग्रता बनायो ।

खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा नेपालले एक गोल फर्कायो । नेपालको तर्फबाट फरवार्ड समिरले गोल गरे । तर उनको यो गोल नेपाललाई खेलमा फर्काउन पर्याप्त बनेन । खेलको इन्जुरी समयमा नोभाले गोल गरेपछि बंगलादेशले ४–१ को सहज जित सुनिश्चित गरेको हो ।

12-1724850160.jpg

11-1724850160.jpg

16-1724850162.jpg

13-1724850161.jpg

14-1724850161.jpg

19-1724850163.jpg

18-1724850163.jpg

17-1724850163.jpg

20-1724850163.jpg

3-1724850106.jpg

7-1724850108.jpg

4-1724850107.jpg

2-1724850106.jpg

6-1724850108.jpg

10-1724850109.jpg

8-1724850108.jpg

9-1724850108.jpg

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro