site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘ज्वाइँ साब’को टिजर कस्तो छ ? 

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । दसैँको फूलपातीको अवसर पारेर असोज २४ गतेबाट रिलिजमा आउन लागेको चलचित्रको टिजर आज सार्वजनिक गरिएको हो ।  

टिजरमा मुख्य कलाकार जितु नेपाललाई प्राथमिकता दिइएको छ । नायिका नीति शाहलाई पनि टिजरमा देख्न सकिन्छ । 

मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रका निर्देशक वसन्त निरौला हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा शंकर धितालको लेखन छ । सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

चलचित्रमा जितु र नीतिसँगै वुद्धि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्तलगायत कलाकारको अभिनय छ । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro