site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाँचपटक प्रधानमन्त्री पाउँदा पनि डडेलधुरा अस्पतालको अवस्था सुध्रिएन : सांसद नेपाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिव नेपालीले डडेलधुराले पाँचपटक प्रधानमन्त्री पाउँदासमेत अस्पतालको अवस्थामा सुधार नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा कास्की घर भएका सांसद नेपालीले डडेलधुरा अस्पतालको दुरावस्थाबारे प्रश्न उठाएका हुन् ।

“सभामुख महोदय, नेतालाई राजनीतिले स्वस्थ बनाएन, स्वास्थ्य सेवालाई नेताले स्वस्थ बनाएनन्,” नेपालीले भने, “डडेलधुरा अस्पताल ०७७ जेड ८ मा १०० शय्यामा स्तरोन्नति गर्‍यो । १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । एकजना पनि विशेषज्ञ चिकित्सक अस्पतालमा छैन ।” 

उनले इन्टर्नसहितका भरमा अस्पताल सञ्चालन भइरहेको बताए । “कसको मातहतमा राख्ने भन्ने पनि ठूलै होडबाजीपछिसंघीय सरकार मातहत छ । पाँचसय बेड बनाउने निर्णय पनि भएको थियो । तर, पाँच–पाँचपटक प्रधानमन्त्री भएको जिल्लाको अस्पतालको अवस्था यस्तो छ, सुधार आउन सकेन ।”

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro