site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनमा कसले कति मत पाए ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

जसअनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई १८९ मत ल्याएर निर्वाचित भएकी छन् । यसैगरी, मधेसीतर्फ धर्मनाथ साहले १६४, खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधरले १८९, भानुभक्त जोशीले १५६, प्रकाश ज्वालाले १३९ र जगन्नाथ खतिवडाले १५१ मत पाए ।

उपमहासिवमा रामकुमार भट्टराईले १०७ मत, मेटमणि चौधरीले १५८, राजेन्द्र राईले १०६ र गरिमा शाहले १०५ मत पाएर निर्वाचित भए ।

सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ निर्वाचित भएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro