site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओमानका विदेशमन्त्रीले गरे राष्ट्रपतिसँग शिष्टाचार भेट 

काठमाडौं । नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको हो ।

“सो अवसरमा नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो,” भेटवार्तापछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा राष्ट्रपति पौडेलले नेपाल र ओमानले आपसी हित र सरोकारका विषयमा राष्ट्रसंघ, असंलग्न आन्दोलन र एसियाली सहयोग संवादलगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरुमा सहकार्य गर्दै आएको बताएका थिए । 

भेटमा भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका थिए । दुईदिने नेपाल भ्रमणको सिलसिलामा ओमानका विदेशमन्त्री बुसाइदी सोमबार काठमाडौं आएका हुन् । उनी मंगलबार साँझ फर्कने कार्यक्रम छ ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro