site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक भएको छ । 

गीतमा संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । 

विवाहको सेटअपमा तयार पारिएको चलचित्रको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । शरद महतोले खिचेको गीतको भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।

असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र पारिवारिक कथावस्तुमा आधारित छ । चलचित्रमा केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ ।

उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । 

अर्जुन कुमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । सिद्धार्थ पुडासैनीले चलचित्र निर्देशन गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro