site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको स्पष्टीकरण– एसपीपीबारे थप कुनै छलफल भएको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)बारे कुनै प्रस्ताव नआएको बताएका छन् । आज प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा सांसदको प्रश्नमा ओलीले एसपीपीबारे चर्चा नभएको बताएका हुन् ।

उनले अमेरिकी डेपुटी सेक्रेटरी रिचार्ड आर बर्माले नेपाल भ्रमणमा आउँदा एसपीपीको विषयमा छलफल नभएको बताएका हुन् । 

उनी भ्रमणमा आउँदा नेपालको विपद् प्रतिकार्य र मानवीय सहायताको कार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा दुईवटा हेलिकोप्टर नेपाललाई दिने बताएको ओलीले जानकारी दिए । 

उनले त्यसका लागि अमेरिकी संसद्‌बाट बजेट पारित हुनुपर्ने बताएको ओलीको भनाइ छ । ओलीले उनले पराराष्ट्रमन्त्रीसँग पनि सोही कुरा बताएको जनाए ।

ओलीले राष्ट्रिय हितको पक्षमा शंका नगर्न आग्रह पनि गरे । उनले राष्ट्रिय हितमा सौदाबाजी नगरिने स्पष्ट पारे ।

अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपालको सहभागितालाई लिएर वादविवाद हुँदै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro