site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा मन्त्रीको प्रश्न– कमला पुल भासिएको जिम्मा कसले लिने ? 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हुलाकी राजमार्गअन्तर्गतको कमला पुल भासिएको जिम्मा कसले लिने ? भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा गरिएका प्रश्नको जवाफ दिँदै उनले उक्त पुल दुईतिर नै भासिएको बताए । “बनेको पुल दुईतिर नै भासिएको छ, यसको जिम्मेवारी कसले लिने ? म मन्त्रीको हैसियतले पनि प्रश्नै गर्नुपर्ने भएको छ । किनभने, त्यहाँ कन्सल्टेन्ट लगाइएको होला, इन्जिनियरहरूले डिजाइन गर्नुभएको होला । त्यहाँ स्वाइल टेस्ट गरिएकै होला । त्यति हुँदाहुँदै पनि पुल किन भासियो त भन्ने प्रश्न छ,” मन्त्री दाहालले भने ।

त्यहाँ निर्माण व्यवसायीले १२ करोड रुपैयाँ बिमा दाबी गरेको उनले उल्लेख गरे । तर, बिमा कम्पनीले दुई करोड रुपैयाँ मात्र दिने भनेपछि समस्या रहेको उनले बताए । बिमाको रकम दिन्नँ भनेर पछि हट्न नमिल्ने उनको भनाइ छ ।

निर्माण व्यवसायीको प्रतिनिधि काठमाडौंमा भए आयोजना प्रमुखलाई पनि बोलाएर छलफल गर्ने उनले बताए । उनले पुल भासिएको जिम्मा निर्माण व्यवसायीले लिनुपर्नेमा जोड दिए ।

“गम्भीरतापूर्वक अघि बढाउँछौँ । नेपाल सरकारले जिम्मा लिएर कति गर्ने ? कि त्यही निर्माण व्यवसायीले गर्नुपर्ने हो,” उनले भने ।

अनशन बसेर समस्याको समाधान नहुने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro