site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी छानबिन समितिले तत्कालीन हाम्रो ग्रुप कम्पनीका संस्थापकसँग लियो बयान
फाइल तस्बिर ।

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले तत्कालीन हाम्रो ग्रुपअफ कम्पनीका संस्थापक पुष्पराज पौडेलसँग बयान लिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले हाम्रो ग्रुप अफ कम्पनी र गोर्खा ग्रुप अफ कम्पनीको सम्बन्धका बारेमा पौडेलसँग सोधपुछ गरेको हो । तत्कालीन अवस्थामा हाम्रो ग्रुपअफ कम्पनीले हर्बो इन्टरनेशनल नेटवर्किङका नाममा सर्वसाधारणको करौडौँको ठगी गरेको थियो । ठगी प्रकरणपछि पौडेल हाम्रो ग्रुपअफ कम्पनीबाट बाहिरिएपछि सोही कम्पनीलाई गितेन्द्रबाबु राई (जीबी)को नेतृत्वमा गोर्खा ग्रुप अफ कम्पनी बनाइएको थियो ।

पौडेल आफूलाई अहिले राजनीतिक तथा धार्मिक अभियन्ताका रूपमा चिनाउँदै आएका छन् । बिहीबार नै समितिले सहकारी हिनामिना प्रकरणमा मुछिएका अन्य व्यक्तिहरूसँग पनि सोधपुछ गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए । 

कार्यादेशअनुसार तीन महिनाको समयावधि सकिन लागेको समितिले प्रतिवेदन लेखनको कामलाई पनि निरन्तरता दिएको थापाले बताए ।  । सहकारी बचत रकम दुरुपयोगको छानबिन गर्न गत जेठ १५ गते समिति गठन गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro