site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएको घोषणा गर्दै सभामुख तुलाराम घर्ती मगर ।

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार लुम्बिनी प्रदेशसभा बैठकमा आचार्यले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेशसभामा आचार्यको पक्षमा ७० मत र विपक्षमा ११ मत परेको छ । सभामुख तुलाराम घर्ती मगरले आचार्यलाई परेको मत प्रदेशसभाका कुल संख्याको बहुमत भएकाले विश्वासको मत बहुमतले पारित भएको घोषणा गरे ।

आचार्यलाई नेकपा (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्तिसहितका पार्टीले समर्थन गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) विपक्षमा उभिए ।

आचार्य कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro