site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘देवी’को ट्रेलरमा अनुसन्धानमा ‘माथि’को प्रभाव र दबाब 

काठमाडौं । चलचित्र ‘देवी’को ट्रेलर रिलिज भएको छ । काठमाडौंमा आइतबार एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलरमा १३ वर्षकी वालिका निर्मला पन्तको बलात्कार, हत्या र अनुसन्धानका घटना समावेश छन् । यसले चलचित्र ‘देवी’ले निर्मलाको विषय उठान गरेको अनुमान लगाउन सकिन्छ । 

अनुसन्धानका लागि पीडितले दिने दबाब र ‘माथि’बाट हुने हस्तक्षेप ट्रेलरमा स्पष्ट देखिन्छ । ट्रेलरले अपराधमा राजनीति मिसिदा अनुसन्धान प्रक्रिया कति जटिल बन्छ भन्ने देखाएको छ । 

ट्रेलरमा चलचित्रमा मुख्य कला शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेनलगायत कलाकार फिचर्ड छन् । 

क्राइम थ्रिलर जानरामा निर्माण भएको चलचित्रलाई सञ्जोग राईले निर्देशन गरेका छन् । चलचित्रको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । 

चलचित्र भदौ २१ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा शिल्पा, गौरव, नाजिरसँगै टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का, विकास पन्तलगायतको अभिनय छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । 

जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro