site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आगामी महाधिवशेनमा सभापतिमा उठ्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कोइरालाले अघिल्लो महाधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएकाले आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताए ।

उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ताहरूसँग भेटघाटमा रहेको र उमेदवारीका विषयलाई अन्यथा लिन नहुने बताए ।

अर्को प्रसंगमा कोइरालाले मुलुकलाई स्थायित्व दिन दुई ठूला दलबीच समीकरण बनेकाले सबैले मिलेर सफल बनाउनुपर्ने बताए  । उनले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको बताए ।

यस्तै, उनले कोसी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कोसी सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro