site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधानलाई सर्वस्वीकार्य बनाउँदै संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वस्वीकार्यताका आधारमा संविधान संशोधन गरिने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले विकास, जनतालाई ‘डेलिभरी’ गर्न बाधा पुग्ने विषयमा छलफल गरी सहमतिका आधारमा संशोधन गरिने बताए । 

“कतैको नक्कल गरेर होइन, आवश्यकता अनुसार संविधान बनाएका हौँ । बढो कठिन परिस्थितिमा हामीले संविधान निर्माण गरेको हौँ,” उनले भने, “मिलेर संविधान बनाएका हौँ । मिलेर कार्यान्वयन र परिमार्जन पनि गर्छौं ।”
 
प्रधानमन्त्री ओलीले संविधान असंशोधनीय दस्तावेज नभएकाले समायानुकूल बनाउन केही परिमार्जन गरिने स्पष्ट पारे । ओलीले संशोधन गर्नु प्रतिगमन नभएको पनि जिकिर गरे । 
 
“हामीलाई जे मन लाग्यो त्यही गर्छौं भन्ने होइन । संविधान चाहिएको देश र जनताका लागि हो । जनताको जीवनमा सकारात्मक परिर्वतन ल्याउनका लागि हो,” उनले भने, “त्यसविपरीतको संविधान संशोधन कसरी हुन सक्छ ? त्ययसका लागि हामी तयार छौँ । म देश, जनता, सुशासन, समावेशिता मास्ने पक्षमा छैन ।”

उनले संविधानलाई सर्वस्वीकार्य बनाउने प्रयास गरिने बताए । समयानुकूल संविधान संशोधन गर्न सकिने भन्दै यसमा संविधानविद् र राजनीतिक दलसँग पनि छलफल गरिने प्रष्ट पारे । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro