site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बंगलादेशको ज्यादतीबारे सरकार बोल्नुपर्छ : राजेन्द्र पाण्डे 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले बंगलादेशमा भइरहेको मानवअधिकार हननको घटनाप्रति सरकार बोल्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संयुक्त राष्ट्रसंघले ध्यान पु¥याउनुपर्ने र नेपाल सरकारले बोल्नुपर्ने आवश्यकता औंल्याए । 

उनले आन्दोलनका नाममा हिन्दु र बौद्ध धर्मालम्बीहरूमाथि ज्यादती भएको बताए । “यतिबेला बंगलादेशमा आन्दोलनका नाममा हिन्दु, बौद्ध धर्मावलम्बीहरूमाथि ज्यादती भइरहेको छ,” उनले भने, “घरघरमा आगो लगाइएको छ । मान्छेलाई भित्रै राखेर जिउँदै जलाउने काम भएको छ । मानवअधिकारको चरम हनन् भएको छ ।” 

पाण्डेले बंगलादेशमा अध्ययनरत नेपाली विद्याथीहरूको अवस्थाबारे जानकारी दिन पनि माग गरे । उनीहरू फर्कन चाहने भए त्यसको व्यवस्था गर्न पनि सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro