site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आयोगले भन्यो– मंसिर तेस्रो साता उपनिर्वाचन उपयुक्त 

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिरको तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीचको छलफलमा उक्त प्रस्ताव राखिएको हो । 

कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद रिक्त छ । प्रधानमन्त्री ओलीले जाडो मौसमअगावै हुने गरी निर्वाचनको मिति तय गर्नुपर्ने बताएका थिए । उनले निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेको सचिवालयले जनाएको छ ।

आयोगले मिति घोषणाअघि सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro