site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एनसेलको नेटवर्कमा समस्या, फोन लाग्न छोड्यो

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार दिउँसो ३:४८ बजेदेखि समस्या देखिएको कम्पनीले जनाएको छ ।

अहिले एनसेलबाट फोन लाग्न र एसएमएमा समस्या देखिएको छ ।

कम्पनीले यसबारे जानकारी दिँदै तत्काल समाधानका लागि काम गरिरहेको बताएको छ ।

एनसेलले नेटवर्कमा समस्या आएको जानकारी दिँदै भनेको छ , “आज सोमबार, साउन २८ गते दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौँ । यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ र अवरुद्ध सेवा यथाशीघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जानकारी गराउन चाहन्छौँ ।”
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro