site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
किरण आचार्यको पौराणिक उपन्यास ‘अहिल्या’ सार्वजनिक

काठमाडौं । उपन्यासकार किरण आचार्यको तेस्रो पौराणिक उपन्यास ‘अहिल्या’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा प्रा. डा. जयराज अवस्थीलगायत व्यक्तिले उक्त कृति लोकार्पण गरे ।

कृति सार्वजनिक गर्दै प्रा. डा. अवस्थीले नेपालगन्जमा बसेर पनि पौराणिक उपन्यास लेखनमा आचार्यको सक्रियताको प्रशंसा गरे । उनले आचार्यलाई सामाजिक उपन्यास लेख्न हौस्याए ।

प्रा. डा. गोविन्दमानसिंह कार्की र ज्ञानु अधिकारीले उपन्यासमाथि समीक्षात्मक टिप्पणी गरे । दुवै समीक्षकले उपन्यासले पाठकलाई उत्सुक बनाउने बताए ।

कृतिकार आचार्यले आफूले पौराणिक उपन्यास लेख्ने कारण बताइन् । आचार्यका यसअघि ‘जरत्कारू’ र ‘परशुराम’ दुई उपन्यास प्रकाशित छ । तेस्रो उपन्यास ‘अहिल्या’ शिखा बुक्सले बजारमा ल्याएको हो ।

कार्यक्रममा राधेश्याम लेकाली, प्रमोद प्रधान, श्रीओम रोदन, राजकुमार बानियाँ, डा. दामोदर पुडासैनी ‘किशोर’, पुष्पराज पौडेललगायत व्यक्तिले बोलेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro