site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आख्यानकार रमेश विकलका तीन समग्र बृहत् ग्रन्थ लोकार्पित

काठमाडौं । यशस्वी आख्यानकार रमेश विकलका सम्पूर्ण कथा, उपन्यास र नाटकहरू संग्रह गरिएको ‘रमेश विकल समग्र कथा, उपन्यास र नाटक खण्डका तीन बृहत् ग्रन्थ एक समारोहका बीच लोकार्पण गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित अतिथिहरूले उक्त समग्र ग्रन्थको लोकार्पण गरे । कृति लोकार्पण गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले यस क्षेत्रको साहित्यिक विकासमा पनि आफू समर्पित भएको बताए ।

रमेश विकल साहित्य प्रतिष्ठान र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकारहरू गोपी मैनाली, प्रा.डा. हेमनाथ पौडेल र शार्दूल भट्टराईले लोकार्पित कृतिमाथि केन्द्रित रहेर आफ्ना धारणा राखे ।

उक्त अवसरमा रोचक घिमिरे, ठाकुर शर्मा भण्डारी, विजय चालिसे, राजीव थापालगायतले बोलेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro