site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसमा बन्यो जम्बो मन्त्रिमण्डल (सूचीसहित)

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्बो मन्त्रिमण्डल बनाएका छन् । मंगलबार पाँच राज्यमन्त्री थपेसँगै मधेस सरकारको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ ।

मंगलबार मुख्यमन्त्रीले नेपाली कांग्रेसबाट दुई तथा जनमत, एमाले र लोसपाबाट एक–एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन् । एमालेबाट मोहम्मद जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बनेका हुन् ।

उनीहरूले मंगलबार नै शपथ लिएका छन् ।

Madhesh-(2)-1722961441.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro