site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई प्रसाईंले भनिन्– राजनीतिबाट बिदा हुनुअघि देशलाई सिस्टममा हुलिदिनुस्

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले अख्तियारमा राजनीतिक नियुक्ति बन्द गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा भष्ट्राचार निवारण ऐन २०५९ संशोधनसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद प्रसाईंले राजनीतिक नियुक्तिका कारण अख्तियारमाथिको जनविश्वास घटेको बताइन् । 

“अख्तियारको प्रमुखमा राजनीतिक मान्छे नराखौँ । त्यसको छानबिनलाई जनताले भर गर्न छोडिसके,” प्रसाईंले भनिन्, “प्रधानमन्त्री ओलीज्यू तपाईं र हाम्रो सभापति शेरबहादुर देउवा अब धेरै लामो समय राजनीतिमा रहनुहुने छैन । त्यसकारण तपाईंहरूले देशलाई ट्रयाकमा हुलिदिनुस् ।” 

उनले शीर्ष नेताले सक्रिय राजनीतिमा हुँदा स्वार्थ हेरे पनि अब देशलाई एउटा ट्रयाकमा अघि बढ्ने आधार तयार गर्नुपर्ने बताइन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro