site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बंगलादेशमा रहेका नेपालीको सुरक्षाका लागि सांसद खनालले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले बंगलादेशमा रहेका नेपालीहरूको सुरक्षालाई सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बंगलादेशमा भड्किएको आन्दोलन र प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि उत्पन्न परिस्थितिपछि त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि सांसद खनालले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका खनालले तीन हजारभन्दा धेरै नेपाली विद्यार्थी मेडिकल शिक्षा र अन्य काम विशेषले बंगलादेशमा रहेको भन्दै उनीहरूको सुरक्षा गर्न आग्रह गरे ।

“यस्तो विषम परिस्थितिमा बंगलादेशमा रहनुभएका नेपालीहरूको सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछु । नेपाली दूतावासमार्फत त्यहाँका नेपालीहरूको सुरक्षा प्रदान गरियोस्,” उनले भने । 

उनी बोलेलगत्तै सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा राना मगरले यस विषयमा सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro